१८ लिटरको मोटरसाईकल ट्याङ्कीमा २२ लिटर पेट्रोल कसरी अटायो ?
रातो घर, उदयपुर – ‘१८ लिटर क्षमताको मोटरसाईकलको ट्याङ्कीमा २२ लिटर पेट्रोल कसरी पस्यो ? यसरी मोटरसाईकलमा बढी पेट्रोल हाल्ने भए उदयपुर आउनु ।’ आईतबार उदयपुरका एक सामाजिक कार्यकताले सामाजिक संजालमा हालेको स्टाटस हो यो । उक्त सामाजिक संजालको भनाईले उदयपुरमा पेट्रोलियम पद्धार्थमा ठगी भईरहेको कुरालाई व्यङ्य गरेको प्रष्ट बुझ्न सकिन्छ । उदयपुर सदरमुका स्थित गाईघाट बजारको रियाज सप्लायर्स ट्रेडसबाट पेट्रोल हाल्दा एक सर्वसाधरणले १८ लिटर क्षमता भएको पल्सर मोटरसाईकलमा २२.६ लिटर हाले पछि ठगीको रहस्य बाहिर आएको हो ।
त्रियुगा नगरपालिका–२ स्थित गाईघाटका स्थानीय व्यवसायी विश्वराज भट्टराईको १८ लिटर क्षमता भएको पल्सर मोटरसाइकलमा २२.६ लिटर पेट्रोल रियाज सप्लायर्स ट्रेडसले क्षमता भन्दा बढि तेल हालेसगै गाईघाट बजार गर्मिएको छ । भट्टराईले २२.६ लिटर पेट्रोल खपत भएपछि छक्क परेको जानकारी दिदै पुन पेट्रोल मोटरसाइकलबाट निकालेर नाप्दा १६ लिटर मात्र भएको बताए । यसरी दोहोरो नाप्दा ६.५ लिटर पेट्रोल ठगी भएको पाइएपछि भट्टराई पम्प सञ्चालनसंग कुरा गरि तत्काल ६.५ लिटर पेट्रोलको रकम जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी अनिल त्रिखत्री र कृष्ण प्रसाद सुवेदीको रोहबरमा फिर्ता लिएको बताए । उनले भने ‘प्रशासन कार्यालयको रोहबरमा तेल चेकजाँच गरि रकम समेत फिर्ता गरेको प्रमाण समेत भएकाले अब प्रशासनले कार्वाही गर्न गर्दैन हेर्न बाँकी छ ।’ यसरी दिन दहाडै यस्तो हुदा पनि स्थानीय प्रशासन भने मौन रहेको स्थानीयबासीको आरोप रहेको छ । दोहोरो नाप्दा घटि भेटिएपछि पम्प सञ्चालनले भट्टराईलाई तत्काल ६ सय ५० रुपैया फिर्ता दिएको उनले बताए । एक स्थानीय उपभोक्ताका अनुसार विगतमा पनि यस्तै घटि पेट्रोल रियाज, उर्जा फयुल सेन्टर र एस.के. टे«डर्सबाट समेत दिने गरेको आरोप लगाए । रियाज सप्लायर्स ट्रेडर्सका सञ्चालनले भने तेल वितरण गर्ने कर्मचारीले अंक थिच्न गल्ती गरेकाले यस्तो भएको प्रतिक्रिया दिए । आफु नभएको बेला कर्मचारीले काम गर्ने सिलसिलामा गल्ती भएको जानकारी दिए । तर स्थानीय खगेन्द्र पोखरेलले ठगी गर्ने अनि कामदारलाई दोष दिएर पन्छिन खोजेको बताए । उनले भने ‘हामी प्रमुख जिल्ला अधिकारीलाई भेटेर नै ठगीका घटना छानविन गरि दोषीलाई कार्वाही गर्न माग गर्ने छौ ।’ ठगीमा परेको पीडितहरुले प्रमाण सहित उजुरी दिए कानुनी छानविन प्रक्रिया अगाडी बढाउने जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । प्रमुख जिल्ला अधिकारी जिल्ला बाहिर रहेकाले प्रजिअ आएपछि के गर्नेबारे छलफल गर्ने प्रशासकीय अधिकृत कुमार बहादुर खड्काले बताए ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses