दुर्गमका शिक्षामा नगद र कम्प्युटर सहयोग
संखुवासभा । भोटखोलाका सयौ बिद्यार्थीमाध्यमिक विद्यालय नभएकै कारण पढाइ छाड्नु पर्ने बाध्यता भए पछि स्थानीय अभिभावक समेत रहेका टिकाराम गुरुङले माध्यमिक विद्यालय स्थापना गर्न सहयोग गरेका छन् ।
किमाथाङका,चेपूवा,हटिया र पावाखोला गाविस रहेको भोटभोटखोला क्षेत्रमा माध्यमिक विद्यालय अभाव भए पछि हटिया–७ गोलाको कृष्ण निम्न माध्यमिक विद्यालयलाई माध्यमिक विद्यालय बनाउनका लागि आठ लाख रुपैयाँ नगद र कम्प्युटर सहयोग गरेका हुन् ।
यि चार गाविसमा अरुणोदय उच्च माध्यमिक विद्यालय चेपुवा बाहेक अन्य माध्यमिक विद्यालय थिएन । यस क्षेत्रका निम्न माध्यमिक विद्यालयमा अध्यनर दुई सय बिद्यार्थी विद्यालय अभावकै कारण पढाइ छाड्ने गरेका थिए ।
कृष्ण माध्यमिक विद्यालयले कक्षा–९ र १० सञ्चालन गर्दै आए पछि यस क्षेत्रका वालवालिका पढन्बाट बञ्चित हुने समस्या टरेको छ । बिद्यार्थीले कक्षा–८ देखि पढ्न पाउदैन थियो बाहिर पढ्न जान नसक्ने गरिव बिद्यार्थीका लागि राहत मिलेको छ शिक्षक धर्चे भोटेले बताए ।
राज्यले अनिवार्य उच्च शिक्षा लिनु पर्ने प्रावधान तोकेको र माध्यमिक शिक्षा निशुल्कको नारा लगाए पनि यस क्षेत्रमा भने चार गाविसमा दुई वटा मात्र माध्यमिक विद्यालय रहेका छन् । विद्यलाय अभावकै कारण मैले सहयोग गर्न तत्पर भए, पैसा बढी भएर हैन समस्या देखेर सानो सहयोग गरेको हुँ राज्यले पनि आँखा लगाओस दाता गुरुङले भने, ।
कृष्ण माध्यमिक विद्यालयले गत बर्षबाट माध्यमिक कक्षा सञ्चालन गर्दै आएका छन् । यस विद्यालयमा हटिया,पावाखोला गाविसका सय बढी विद्यार्थी माध्यमिक कक्षा अध्यनरत छन् ।
रकम अभावका कारण माध्यमिक कक्षा सञ्चालन गर्न सकेका थिएनौ तर नेपाल पर्वातरोहण संघका कोषाध्यक्ष समेत रहेका पर्यटन व्यवसायी टिकाराम गुरुङले सहयोग ग¥यो हामीले कक्षा सञ्चालन गर्न सफल भयौ अभिभावक झलक गुरुङले भने, ।
कक्षा ९ र १० सञ्चालन भए पछि यहाँका गरिव जेहेन्दार विद्यार्थीले पढ्न पाएका छन नत्र कक्षा नभएकै कारण अन्यत्र पढ्न जान नसकेर बिचैमा छाड्ने गरेका थिए उनले भने, ।
हटिया,चेपुवा,पावाखोला गाविसका डेड दर्जन गाउँका एक हजार परिवार यस विद्यालयको सेवा क्षेत्र छन् । त्यसैले पनि विद्यार्थीको चाप माध्यमिक तहमा शिक्षक धर्चे भोटेले बताए ।
जिल्ला शिक्षा कार्यालयमा पटक पटक विद्यार्थीको संख्या उल्लेख्य भएको रिपोर्ट सहित माध्यमिक तहको शिक्षक पठाउन अनुरोध गरे पनि दुर्गमलाई चासो नदिएको विद्यालय व्यवस्थापन समितिले गुनासो पोखे । समितिले निर्णयनै गरेर भौतिक सुधार र शिक्षकको माग गरेको बताए । हामी दाताकै भरमा चलेका छौ विद्यालयको भौतिक सुधारका लागि हिमालय एजुकेसन सेन्टरले ३५ लाख रुपैयाँ सहयोग गरेको छ । अभिभावक झलक गुरुङले भने, ।
तामाङ, भोटे, राई जातिको बाहुल्यता रहेको यस क्षेत्रको साक्षरता प्रतिशत न्युन रहेको छ । दुर्गम भएका कारण जिल्ला शिक्षा कार्यालयले समेत समानुपातिक रुपमा लगानी नगरेको अभिभावकहरुको गुनासो छ ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.



0 comments
Write Down Your Responses