सङखुवासभा । कांग्रेस संखुवासभाको महाधिवेशन प्रतिनिधि छनौटमा संस्थापन पक्षको बर्चस्व देखिएको छ । संस्थापन पक्षका सांसदद्वय तारामान गुरुङ र दीपक खड्काबीच नै प्रतिस्पर्धा भएको छ ।
शनिबार सम्पन्न मतपरिणाम अनुसार क्षेत्र नम्बर १ र २ मा सांसद गुरुङ र खड्काको प्यानलको प्रतिस्पर्धा भएको थियो । १ नम्बर क्षेत्रमा सांसद गुरुङका तर्फबाट तारामान गुरुङ आफैं र दीपनकुमार श्रेष्ठ निर्वार्चित भए भने सांसद खड्काको पक्षमा उम्मेदवारी दिएका देउवा पक्षका महेश थपलिया, मुक्ति सिह राई र टंक राई विजयी भए ।
सांसद खड्कको प्यानलमा उम्मेदवारी दिएका संस्थापन पक्षका पूर्व सभासद पासाङ शेर्पा सर्वाधिक मतले बिजयी भए । जनजातिमा सांसद गुरुङका तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र घले, दलितमा चक्रबहादुर बिसुंखे, महिलामा निरु बस्नेत, सांसद खड्का प्यानलकी चित्ररेखा अधिकारी निर्वार्चित भइन् ।
अल्पसंख्यक तर्फ भैरुङदोर्जे भोटेको उम्मेदवारी दुवै प्यानलमा देखिएपछि निर्विरोध भए । १ नम्बर क्षेत्रीय सभापतिमा सांसद खड्का प्यानलका उमेश चौहान बिजयी भएका छन् ।
२ नम्बर क्षेत्रमा सांसद खड्का प्यानलबाट उठेका दीपक खड्का आफै, ज्ञानबहादुर कार्की, शंकरमान कँडेल, रामबहादुर बस्नेत, रामकुमार जिमी र कुमारबाबु अधिकारी बिजयी भए । जनजातितर्फ दीपेन्द्रमान शाक्य, दलिततर्फका कृष्ण तोलाङ्गी, अल्पसंख्यकमा मीना याक्खा जिमी र महिला तर्फ अन्जना लिम्बु र बिमा पाण्डे निर्वार्चित भईन् ।
२ नम्बर क्षेत्रीय सभापतिमा दीपक लिम्बू निर्वार्चित भए । २ नम्बर क्षेत्रमा विजयी भएका सबै महाधिवेशन प्रतिनीधिहरु संस्थापन पक्षको भएको दावी गरिएको छ ।
संखुवासभाबाट को–को छानिए कांग्रेस क्षेत्रिय प्रतिनिधी हेर्नुहोस
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses