भ्यालेन्टाइनडेमाथि प्रतिबन्ध लगाइएको देशहरु कुन कुन छ हेर्नुहोस्
रातो घर - फेब्रुअरीको सुरुवातदेखि नै भ्यालेन्टाइनडेको चर्चा सुरु हुन्छ । विश्वभर यसलाई प्रणय दिवसका रूपमा मनाइन्छ । तर, त्यस्ता देश पनि छन्, भ्यालेन्टाइनडेमाथि प्रतिबन्ध लगाइएको छ । कतिमा त सरकारले नै यो दिनमाथि प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइनडे प्रतिबन्धित देश र ठाउँ :
मलेसिया
मलेसियाको जनसंख्यामा ६० प्रतिशत मुस्लिम समुदायका छन् । यही समुदायले भ्यालेन्टाइनडे मनाउन प्रतिबन्ध लगाएको छ । प्रणय दिवसका दिन यहाँ घरबाट निस्कन पनि अत्यन्त खतरनाक हुन्छ । सन् २०१२ मा मलेसियामा प्रहरीले भ्यालेन्टाइनडेकै दिन होटेलमा छापा मारेको थियो । र, भ्यालेन्टाइन मनाइरहेकालाई पक्राउ गरेर जेल पठाएको थियो ।
इरान
इरान सरकारले सन् २०११ देखि भ्यालेन्टाइनडेमाथि प्रतिबन्ध लगाएको हो । सरकारी कार्यालयले सञ्चारमाध्यममा सूचना प्रकाशित गर्दै त्यहाँका मानिसलाई चेतावनी दिएको थियो । त्यतिवेलादेखि नै इरानमा रातो गुलाबमाथि पनि प्रतिबन्ध लगाइएको छ । यति हुँदाहुँदै पनि कसैले भ्यालेन्टाइनडे मनाएको पाएमा जरिवाना, जेल सजाय हुने इरान सरकारले बर्सेनि सूचना निकाल्दै आएको छ ।
रुस
पूरै रुसमा होइन, बेलगोरोड प्रान्तमा चाहिँ रुसले पनि भ्यालेन्टाइनडे ‘सेलिब्रेसन’माथि प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध सन् २०११ बाट सुरु भएको हो । प्रान्तकै जनताले यसको विरोध गर्न थालेको लामो भएको थियो । त्यही विरोधलाई सम्बोधन गर्दै त्यहाँका गभर्नरले यो प्रतिबन्ध लगाएका हुन् । सार्वजनिक रूपमा भ्यालेन्टाइनडे नमनाउन आग्रह गरिएको सूचना सरकारले मिडियामा प्रकाशित गर्दै पनि आएको छ ।
साउदी अरब
साउदी अरबमा पनि भ्यालेन्टाइनडेमाथि प्रतिबन्ध लगाइएको छ । यो दिन सार्वजनिक बिदा दिने होइन भन्दै त्यहाँ विभिन्न प्रदर्शन पनि भएका छन् । त्यति मात्र होइन, १४ फेबु्रअरीभन्दा पहिले नै गुलाब, रातो रङका सामान तथा लभ थिमका कार्डमाथि पनि प्रतिबन्ध लगाइएको छ ।
इन्डोनेसिया
इन्डोनेसियामा मुस्लिम समुदायले पनि यो दिनमाथि प्रतिबन्ध लगाएको छ । इन्डोनेसियामा कार्ड दिन, गुलाब दिन तथा दुईजना सँगै होटेल जान पनि १४ फेब्रुअरीमा पाइँदैन । सिंगललाई मात्र होइन, यो प्रतिबन्ध विवाहित जोडीमाथि पनि लगाइएको छ ।
नयाँ पत्रिका दैनिकबाट
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses