कुवेतमा एक नेपाली चेली कम्पनीकै हाकिमबाट बलात्कृत
रातोघर, २६ फागुन, कुवेत । कुवेतमा एक नेपाली महिला कम्पनीकै एक हाकिमबाट बलात्कृत भएकी छिन् । चितवन घर भएकी ३१ बर्षिय तामाङ थर भएकी महिला गत शुक्रवार बेलुका ४ बजेतिर उनको कम्पनीकै हाकिमबाट बलात्कृत भएकी हुन् ।
कुवेतको एक कम्पनी मार्फत अस्पतालमा वेटरको काम गर्ने ती महिलालार्इ कम्पनीको मानिसले ड्रेस साट्न जाऊ भनी उसको कोठामा लगी बलात्कार गरेको पीडित महिलाले बताइन् ।
पीडित महिला भन्छिन्, ‘पहिले शरीरमा नमिल्ने ड्रेस दियो । ड्रेस छोटो थियो । उसले आउ ड्रेस साट्न जाउँ भन्यो । उसैको गाडीमा ड्रेस साट्न भनेर गयौं । तर, एउटा ठुलो विल्डिङको कोठामा लग्यो र बलात्कार गर्यो । कसैलाई नभन्न धम्की दिएर छोडिदियो ।’
८ महिना पहिले कुवेत आएकी ती महिलाको खासै कसैसँग चिनजान छैन । घटना पछि आफूले भेटेजतिलाई सो घटनाबारे बताए पनि केवल आश्वासन मात्र पाएको उनको गुनासो ।
‘कसैले साथ दिएनन् बरु डर देखाए,’ उनी भन्छिन्, ‘बिरानो ठाउँमा बोलिदिने र सुनिदिने कोही छैन । अब के गरौ ?’
‘इज्जत लुटियो म माथि अपराध भयो । अफिसमा फोन गर्दा घटना जटिल भएको र मिलाऊन नसकिने भन्दै धर्मेन्द्र नाम गरेको एक नेपालीले हल्ला नगर्न र चुप लाग्न दबाब दिएको छ,’ उनी बताउँछिन् ।
आइतबार दुताबास पुगे पनि दुताबासले खासै चासो नदिएको उनको आरोप छ । दुतावासका कर्मचारीले ‘२४ घण्टा नाघ्यो, उजुरी गर्न ढिला भयो,’ भन्ने जवाफ दिएको उनी बताउँछिन् । दुतावसबाट ‘हेरौं केही गर्न सकिन्छ’ भन्ने जवाफमात्र आफूले पाएको उनी गुनासो गर्छिन् ।
यस घटनाबारे कुरा गर्दै दुताबासकी श्रम सहचारी गोमा ढकाल भन्छिन्, ‘मुद्दा दर्ता गर्न भनेका छौ । प्रमाण पुगेसम्म न्यायका लागी सकेसम्म हाम्रो तर्फबाट सक्दो प्रयास हुनेछ ।’
ड्युटी जान कम्पनीले दबाब दिईरहेको भएपनि न्याय नपाएसम्म ड्युटी नजाने उनी बताउँछिन् ।’
बलात्कार गर्ने अरबी मुलको ब्यक्ति हो । स्रोत: हाम्रो सन्देश
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses