आफ्नी आमा अर्कै केटा संग सेक्स गर्दै गर्दा रङ्गे हात भेटे पछि छोराले त्यति बेलै यसरि हत्या गरे

रातोघर,रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ सदबदराका रामप्रसाद थारुको चार दिनअघि भएको चिनजानपछिको सम्बन्धका कारण हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको छ। विवाह तथा विभिन्न कार्यक्रमहरुमा महिलाको भेषमा नाच्दै हिँड्ने थारुको यही फागुन २५ गते राति हत्या भएको र २६ गते बिहान सैनामैना १३ स्थित दावन खोलामा शव भेटिएको थियो।

इलाका प्रहरी कार्यालय बुटवलले थारुको हत्यामा संलग्न भएको भन्दै सैनामैना १ बस्ने २५ वर्षको दिनेश कव‌र र बुटवल उपमहानगरपालिका वडा नं. १८ बस्ने वर्ष २४ को हरिनारायण चौधरीलाई पक्राउ गरेको छ। हत्याका आरोपी कुँवर र थारु नातामा ज्वाई जेठान हुन्।

पक्राउ परेका कवंरले मृतक थारु र आफ्नो आमालाई अनैतिक कार्य भईरहेको अवस्थामा फेला पारेपछि थारुको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक बुद्धि बहादुर गुरुङले मृतक थारु र अभियुक्त कवंरकी आमाको गत फागुन २१ गते सैनामैनामा भएको एउटा विवाह कार्यमा भेटघाट भएपछि नियमित टेलिफोन सम्पर्क हुने र घटना भएको साँझ पनि सँगै रहेको अनुसन्धानमा खुलेको जानकारी दिए।

२५ गते साँंझ दिनेश कवंरको घरमा श्रीमतीको जन्म दिन मनाइरहेको बेला आमाले आफ्नो घरमा ताल्चा नलगाई आएको बहाना बनाई घरमा फर्किएपछि शंका लागि जाँदा मृतक थारु र आमालाई आपत्तिजनक अवस्थामा देखेपछि लठ्ठिले हानेर थारुको हत्या गरेको कवंरले प्रहरी सामु स्वीकार गरेको प्रहरी उपरिक्षक गुरुङले बताए।

कवंरले लठ्ठीले टाउको तथा शरिरका विभिन्न भागमा हानेर थारुको हत्या गरेपछि बहिनी ज्वार्इं हरीनारायण चौधरीको सहयोगमा साइकलमा राखी घरदेखि दुई किलोमिटर टाढा दावन खोलामा लगी फालेको अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले बताए।

खड्काले मृतक थारु एकल पुरुष रहेको र पहिले ईट्टाभट्टामा काम गर्ने गरेकोमा हाल विवाह उत्सवमा नाच्ने र त्यसैबाट आफ्नो जिविकोपार्जन चलाउंदै आएको अनुसन्धानमा देखिएको बताए। हत्याका आरोपी कवंर ट्याक्टर चालक रहेको र घर बनाउने मिस्त्रीको काम गर्दै आएका चौधरी रोजगारीको लागि कतार जाने तयारीमा रहेको जानकारी दिए।
source :सेतो पाटि

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses