नेपाल टेलिकमको सर्भर असुरक्षित छ भन्ने प्रमाणित गर्न ह्याकरले सर्भरको ह्याक गरेर डाटा देखायो हेर्नुहोस्
रातोघर, काठमाडौं–नेपाल टेलिकममा विभिन्नखाले भ्रष्टाचार भएको समाचार रातोपाटीले सार्वजनिक गरेपछि त्यसको विरोधमा ह्याकरको एक समूहले टेलिकमका सम्पूर्ण प्रयोगकर्ताको तथ्यांक ह्याक गरिएको र उक्त तथ्यांक आफ्नो नियन्त्रणमा रेहको दाबी गरेको छ । आफ्नो फेसबुक पेजबाट टेलिकमका प्रयोगकर्तालाई सम्बोधन गर्दै उक्त समूहले नेपाल टेलिकमका सम्पूर्ण प्रयोगकर्ताको तथ्यांक आफ्नो नियन्त्रणमा भएको दाबी गरेको हो । उक्त समूहले केही प्रयोगकर्ताको ह्याक भएको विवरणसमेत सार्वजनिक गरेको छ ।
कसले गर्यो ह्याक ?
केही समयअघि डा. बाबुराम भट्टराईको वेबसाइट ह्याक गर्ने ह्याकर को समूह anonymous #opnep ले टेलिकमका भ्रष्टाचार भएका कारणले उसका प्रयोगकर्तालाई नेपाल टेलिकम असुरक्षित छ भन्ने जानकारी दिनसमेत आफूले यस्तो गरेको बताएका छन् । ह्याकरको उक्त समूहले प्रयोगकर्ताका सम्पूर्ण मोबाइल नम्बर आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ । उक्त समूहले प्रयोगकर्ताको नागरिकता नम्बर, युजरनेम, बुवाको नाम, ठेगाना र अन्य सम्पूर्ण विवरणसमेत ह्याक गरिएको दाबी गरेको छ । यद्यपि, उक्त समूहले प्रयोगकर्ताको सेक्युरिटी कोड भने ह्याक नभएको स्पष्ट पारेको छ । उक्त समूहले यसअघि पनि आफूले थुप्रै साइट ह्याक गरेको दाबी गरेको छ । उसले वरुण राष्ट्रिय निकुञ्ज, किप्स एफएम, इसेवाको एक सब डोमेनलगायतका साइट ह्याक गरिसकेको छ भने समूहले रक्षा मन्त्रालयको साइटसमेत केही दिनका लागि ह्याक गरेको थियो ।
टेलिकमको सर्भर असुरक्षित छ भन्ने प्रमाणित गर्न ह्याक गर्यौं : ह्याकर समूह
ह्याकरको उक्त समूहले आफ्नो फेसबुक पेजमार्फत नेपाल टेलिकमको सर्भर सुरक्षित छ वा छैन भन्ने जान्न आफूले प्रयोगकर्ताका सम्पूर्ण तथ्यांक नियन्त्रणमा लिएको जानकारी दिँदै नेपाल टेलिकमलाई आफ्नो ‘सर्भर’ सुरक्षित राख्नसमेत आग्रह गरेको छ । उसले आफूहरूले नियन्त्रणमा लिएका कुनै पनि तथ्यांकको दुरुपयोग नगर्नेसमेत दाबी गरेको छ । ‘नेटवर्कमा समस्या छ । त्यही कारणले सर्भर सुरक्षित छैन भन्ने प्रमाणित गर्न हामीले टेलिकमका तथ्यांक नियन्त्रणमा लिएका छौं ।’ नेपाल टेलिकमको सर्भर ह्याक भएको प्रमाणित गर्न ह्याकर समूहले उनीहरूलाई कसैको मोबाइल नम्बर पठाए नेपाल टेलिकमको सर्भर प्रयोग गरी एसएमएस पठाइनेसमेत दाबी गरेको छ ।
के भन्छन् आईटी विज्ञ ?
यस विषयमा राटोपाटीले काठमाडौँमा काम गरिरहेका विभिन्न आईटी विज्ञसँग सम्पर्क गरेको थियो । काठमाडौँको कोटेश्वरमा सञ्चालित एक सफ्टवेर कम्पनी सञ्चालक भन्छन्, ‘नेपाल टेलिकमको सर्भर असुरक्षित भएको पक्कै हो । ह्याकरले गरेको ह्याकबाट उक्त तथ्य प्रमाणित भएको छ ।’ काठमाडौँको मैतीदेवीमा सञ्चालित अर्को एक सफ्टवेर कम्पनी सञ्चालक भन्छन्, ‘तपाईंले यसबारे सोध्नुभएपछि मैले पनि ह्याकरले सार्वजनिक गरेको तथ्य पढेँ । र, आफैँले त्यसबारे अनुसन्धान पनि गरेँ । ह्याकर समूहले टेलिकमका प्रयोगकर्ताका सम्पूर्ण विवरण आफ्नो नियन्त्रणमा लिएका रहेछन् । उनीहरूले उक्त तथ्यांकको दुरुपयोग नगर्ने भनेपछि केही गरी गरिहाले भने त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको छ ।’
टेलिकम प्रवक्ताले प्रतिक्रिया दिइनन्
यसबारे नेपाल टेलिकम प्रवक्ता प्रतिमा वैद्यलाई सम्पर्क गर्दा उनले फोन उठाइनन् । फोन नउठेपछि उनलाई एसएमएसमार्फत यसबारे प्रश्न सोध्दासमेत उनको प्रतिक्रिया आएन । नेपाल टेलिकममा असुरक्षित सर्भर राखेको र सस्तोमा पाइने सफ्टवेर प्रयोग गरेर करोडौँ रुपैयाँ भ्रष्टाचार भएको समाचार रातोपाटीले सार्वजनिक गरेको थियो ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.



0 comments
Write Down Your Responses