जुन स्त्री आफ्नो पतिलाई छाडेर अर्को पुरूषसँग यौन सम्पर्क गर्छिन् भने अब यस्तो सजाय

रातोघर, काठमाडौं : व्यक्तिको परस्त्रीगमन कस्तो हुन्छ होला ? यस्तो अवस्थामा धर्मले कस्तो दण्ड दिन्छ ? आउनुस् यस विषयमा चर्चा गरौँ ।
अठ्ठार पुराणको एउटा पुराण छ, गरुड पुराण । गरुड पुराणमा भगवान विष्णुले गरुडलाई जीवन र मृत्युको रहस्यका विषयमा जानकारी दिएका छन् । यो पुराणमा मृत्युपछि हुने भनिएको यात्रा यानी यममार्गका बारेमा वर्णन गरिएको छ ।
वर्णनमा भनिएको छ, यमको दूतले मृत्युपछि पापी व्यक्तिहरूको आत्मालाई यमराज समक्ष लैजान्छन् । मनुष्यको आफ्नो कर्मअनुसार यमराजले सजाय तोकी दिन्छन् । सजाय पूरा भएपछि जीवले आफ्नो कर्मअनुसार योनीमा जन्म लिन्छ ।
यसमा परस्त्रीसँगको सम्बन्धका विषयमा अलग–अलग सजायका बारेमा बताइएको छ । व्यक्तिले परस्त्रीसँग कस्तो सम्बन्ध राख्छ वा रहन्छ यसमा पनि व्यक्तिलाई सजायको व्यवस्था गरिएको छ ।
कुमारी अथवा अल्पायु कन्यासँग यौनसम्बन्ध राखेमा गुरुढ पुराणका अनुसार कडा सजायको व्यवस्था रहेको छ । जुन स्त्री आफ्नो पतिलाई छाडेर अर्को पुरूषसँग यौन सम्पर्क गर्छिन् उनलाई यमलोकमा बल्दै गरेको रातो र तातो फलामको भट्टीमा हाल्ने गरिन्छ ।
गरुडा पुराणका अनुसार पापको सजाय पूरा भएपछि यस्ता स्त्रीहरूले चेपारो, छिपकली अथवा दुई मुख भएको सर्पको रुपमा जन्म लने मान्यता रहेको छ ।
पुरुषका सम्बन्धमा परस्त्री गमनका विषयमा रोचक प्रसङ्ग गुरुड पुराणले उल्लेख गरेको छ । जो पुरूषले आफनै गोत्रकी स्त्रीसँग यौन सम्पर्क गर्छन्, त्यस्ता पुरुषले स्यालको जन्म पाउने विश्वास गरिएको छ ।
कुमारी अथावा अल्पायु कन्यासँग यौनसम्बन्ध राख्ने पुरुषका सम्बन्धमा गरुडा पुराणले नर्कमा घोर यातना सहनु पर्ने व्यवस्था गरेको उल्लेख गरेको छ । त्यसपछि त्यस्ता पुरुषले अजिङ्गरको योनीमा जन्म लिने बताइन्छ ।
जो व्यक्ति काम भावनाबाट पीडित भएर गुरूकी पत्नीलाई ताक्छन् त्यस्ता पुरुषले नर्कको बास र यातनासहित छिप्कलीको योनीमा जन्म लिने गरुड पुराणले जनाएको छ ।
मित्रसँग विश्वासघात गरेर उसकी पत्नीसँग यौनसम्बन्ध राख्नेलाई कठोर सजायपछि यमराजले गधाको योनीमा बास गराइ गधाको जन्म दिने विश्वाससहितका रोचक प्रसङ्ग गुरुड पुराणमा उल्लेख छ । स्रोत :पत्रपत्रिका 

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses