अबको आन्दोलनले सुन्न बाध्य पार्छ बीचमै नाकाबन्दी फिर्ता लिनु बाध्यता थियो

रातो घर, काठमाडौं– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले झण्डै ६ महिना गरिएको नाकाबन्दी बीचमै फिर्ता लिनु आफूहरुको बाध्यता भएको बताएका छन् । सदभावना पार्टीको २६ औ स्थापना दिवस तथा स्व गजेन्द्रनारायण सिहको ८७ औ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भने, ‘केही दिन अझै नाकाबन्दी भएको भए सरकार झुक्थो र मधेसको माग पूरा हुन्थ्यो तर बीचमै नाकाबन्दी फिर्ता लिनु पर्यो । नकाबन्दी फिर्ता लिनु बाध्यता थियो । नाकाबन्दी लामो भएका कारण फिर्ता लिएका थियौ त्यो हाम्रो बाध्यता थियो ।’ उनले विभिन्न विद्वान तथा बुद्धिजीवीसँग सल्लाह गरेर नै मधेसी मोर्चाले आन्दोलन फिर्ता लिएको तर मधेसी जनताको अधिकारको लागि गरिएको आन्दोलन भने अन्त्य नभएको बताए । उनले अबको आन्दोलन सिंहदरबार केन्द्रित हुने भन्दै सो आन्दोालनले सरकारलाई झुकाइछाड्ने समेत दाबी गरे । ‘ नाकाबन्दी फिर्ता भएर आन्दोलन समाप्त भयो भन्ने होइन आन्दोलन जारी छ ’, उनले भने, ‘अबको आन्दोलन सिहदरवार केन्द्रित हुन्छ । आन्दोलनको केन्द्रबिन्दु काठमाडौ हुन्छ । काठमाडौको सिहदरवार नघेरेसम्म मधेसको अधिकार प्राप्त हुदैन । संसारमा नभएको शान्तिपूर्ण आन्दोलन मधेसमा भयो तर यो संवेदहिन सरकारले सुनेन अबको आन्दोलनले सुन्न बाध्य पार्छ ।’ सदभावना पार्टीले २६ वर्षदेखि निरन्तर आन्दोलन गरेपनि सरकारबाट कुनै सुनुवाई नभएको गुनासो गर्दै उनले बरु सरकार अनेकन आरोप लगाउन लागिपरेको बताए । 

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses