वास्तबमा को हुन साउदी अरबमा नेपाली राजदूत शर्मालाई छुरा हान्ने ? हेर्नुहोस्
रातोघर, साउदी अरब, ३ वैशाख । छुरा प्रहारबाट घाइते भई अस्पताल भर्ना भएका साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मालाई डिस्चार्ज गरिएको छ ।
छुरा प्रहारबाट मुख, काँध र औँलामा गम्भीर चोट लागेका शर्मालाई उपचारपछि बिहीबार साँझ डिस्चार्ज गरिएको दूतावासका द्वितीय सचिव विजय राउतले जानकारी दिए । राउतका अनुसार शर्माको काँध र मुखमा टाँका लगाइएको छ । उपचारपछि कावा राजदूत शर्माको अवस्था अहिले सामान्य रहेको उनले बताए ।
शर्मालाई बिहीबार बिहान करिब ११ बजे दूतावासकै आश्रयमा बस्दै आएका सुनसरीका लक्ष्मणबहादुर राईले उनको कार्यकक्षमै गएर छुरा प्रहार गरेका थिए । शर्माको कार्यकक्षको ढोकाको चुकुल लगाएर सोफाले थुनेर आक्रमण गरिएको थियो । राई कार्यकक्षमा प्रवेश गरेर एक्कासि आक्रमण गर्न थालेपछि शर्मा चिच्याएका थिए । शर्मा चिच्याएको सुनेपछि दूतावासका कर्मचारीको सहयोगमा साउदी प्रहरीले ढोका तोडेर तुरुन्तै उनलाई उद्धार गरेको थियो ।
‘तुरुन्तै उद्धार हुन नसकेको भए ठूलै घटना हुनसक्थ्यो’, राउतले टेलिफोनमा भने । छुरा प्रहारबाट घाइते भएका शर्मालाई तत्कालै उपचारका लागि रियादस्थित किङ फैसल अस्पतालमा पुर्याइएको थियो । शर्मालाई आक्रमण गर्ने राई भने एक महिनाअघि देखि स्वदेश फिर्तीका लागि दूतावासकै आश्रयमा बस्दै आएका थिए । दूतावासका अनुसार मानसिक रोगी रहेका राईलाई केही दिन भित्रैमा स्वदेश पठाउने तयारी भइरहेको थियो ।
यसअघि राईलाई सबै प्रक्रिया पूरा गरेर स्वदेश पठाउनका लागि दुई पटक एअरपोर्ट लगिए पनि विभिन्न बहाना बनाएर स्वदेश फर्कन मानेका थिएनन् ।
राईले आफू कार्यरत कम्पनीकै भारतीय कामदारलाई समेत चक्कु प्रहार गरी भागेर दूतावासको शरणमा आएको राउतले बताए । छुरा प्रहार गर्ने राईलाई साउदी प्रहरीले नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अगाडि बढाएको छ ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses