क्रोएसियालाई हराउँदै पोर्चुगल क्वार्टरफाइनलमा

रातो घर, काठमाडौं–पोर्चुगल फ्रान्समा जारी युरो कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार राति १२ बजे भएको खेलमा प्रि–क्वार्टरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा हराउँदै पोर्चुगल युरो कपको अन्तिम ८ मा प्रवेश गरेको हो ।

फ्रान्सको लेन्सस्थित स्टेट बोलार्ड डेलेसिस रंगशालामा भएको खेलको ११६ औं मिनेटमा स्ट्राइकर रिकार्डो क्वारेज्माले गोल गर्दै पोर्चुगल क्रोएसियाविरुद्व जित हात पार्न सफल भएको हो । उनी जाआओ मारियोलाई प्रतिस्थापन गर्दै ८७ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको प्रहार क्रोएशियान किपरले क्लियर गरेपछिको रिवाउण्ड बललाई क्वारेज्माले गोललाईनबाट हेडमार्फत जाली चुमाएका थिए ।

यसअघि खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पोर्चुगलले गोल गर्दै आफ्नो जित पक्का गरेको हो ।

क्रोएशियाले पोर्चुगललाई दवावमा राखेपनि खेल अवधिभर पोर्चुगलको पोष्टमा २१ पटक आक्रमण गरेको थियो भने पोर्चुगलले त्यस्तो अवसर ४ पटकमात्र पाएको थियो ।

सन् २००४ को उपविजेता पोर्चुगल पछिल्लो ४ संस्करणको युरोमा कम्तिमा सेमिफाइनलसम्म पुगेको छ । अघिल्लो संस्करणमा सेमिफाइनलबाटै बाहिरिएको थियो । पोर्चुगलले अब सेमिफाइनल प्रवेशका लागि पोल्याण्डसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses