लोकल मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएपछि मदिरा उत्पादक र बिक्रेता पक्राउ
रातो घर, बर्दिबास–लोकल मदिरा पिएर महोत्तरीको सहसौला ६मा डोम समुदायका एकै परिवारको पाँच जनाको मृत्यु भएपछि प्रहरीले अवैध रुपमा मदिरा उत्पादन गर्ने उत्पादक र बिक्री गर्ने बिक्रेतालाई ६ दिन पछि शुक्रबार पक्राउ गरेको छ ।
घटनाभएदेखि नै फरार रहदै आएका सहसौला ६ बिर्ताका मदिरा बिक्रेता विनोद महरा र लोकल मदिरा उत्पादन गर्ने हात्तिलेट ४ कर्मटोकीका नथु लामा भन्ने जगतबहादुर बुलनलाई प्रहरीले पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी जनक भट्टराईले बताए ।
विनोदले हात्तिलेटका जगत बहादुरले संचालन गरेको भट्टीबाट लोकल मदिरा खरिद गरी ल्याएर सहसौला ६ का ७० वर्षीय रामवृक्ष मल्ली डोमलाई बिक्री गरेका थिए । सोही मदिरा पिदा पाँच जनाको डोमको मृत्यु भएको थियो ।
मदिरा सेवनबाट मृतक रामवृक्षका आफनै परिवार र नातागोतामा पर्ने छोरा प्रगाश , छोरी कलावत्ती ,छोरी ज्वाइृ पञ्चार र सम्धी बद्री गरी पाँच जनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटना लगतै प्रहरीले अनुसन्धान थालेको थियो । अनुसंधानको क्रममा हात्तिलेट ४ कर्मटोकीमा जगत बहादुरले व्यवसायक रुपमा ठूलो परिमाणमा लोकल मदिरा उत्पादन गर्ने भट्टी संचालन गरेको भेटियो । विनोदले सोही भट्टीबाट खरिद गरी ल्याएको लोकल मदिरा पिउँदा उनीहरुको मृत्यु भएको प्रहरी प्रमुख एसपी भट्टराईले बताए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । ‘पक्राउ परेका दुवै जनासँग वयान लिइएपछि घटनाबारे थप कुरा बाहिर आउने छ ’एसपी भट्टराईले भने ।
असार ४ गते शनिबार राति लोकल मदिरा सेवनपछि सहसौला– ६ का ७० वर्षीय रामवृक्ष मल्ली डोम, ४० वर्षीय प्रकाश मल्ली डोम र गौशाला ७ का पञ्चु मल्ली डोमको मृत्यु भएको थियो ।
उनीहरुसँगै मदिरा सेवन गरी सिकिस्त भएका औरही ३ का बद्री मल्ली डोमको असार ५ गते आइतबार साझँ जनकपुरमा उपचारका क्रममा मृत्यु भएको थियो भने शनिबार राति नै मृत्यु भएका गौशाला ७ का पञ्चु मल्ली डोमकी श्रीमती कलावती देवी डोमको धरानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses