बजारमा बिक्दैछ विषालु आँप
काठमाडौं – आजकल बजारमा कृतिम रुपमा पकाइएका आँपहरु धमाधन बिक्री भइरहेका हुन्छन् । व्यापारीहरुले पैसा कमाउनका लागि कार्बोइड रसायन प्रयोग गरेर आँपलाई पकाउँने गरेका छन । यस विषयमा उपभोक्ता तथा स्वास्थ्य अधिकारवादीहरुलाई जानकारी भएपनि कुनै कारबाही हुने गरेको छैन ।
कसरी पकाइन्छ काँचो आँप ?
थोक बिक्रेताहरुले क्याल्शियम कार्बोइडको मद्दतबाट आँप पकाउने गरेका छन् । आँपलाई कृतिम रुपमा पकाउन यि रसायनहरुको प्रयोग हुन्छ । कार्बोइडको माध्यमबाट पकाएको र आफैँ पाकेको आँप उस्तै हुदैँन । यसरी कृतिम रुपमा पकाइएका आँपको रंग फरक–फरक हुन्छ ।
कृतिम आँप सूरुआतमा खाँदा मिठो हुन्छ । तर आँपको बीचको भाग मिठो हुदैँन कृतिम आँपलाई घर ल्याएर २–३ दिन राख्दा आँपको भित्री भागको रंग कालो हुन थाल्छ । यता आफैँ बोटमा पाकेका आँपहरु एउटै रंंगका हुन्छ । यसरी आफैँ पाकेका आँपको स्वाद एउटै हुन्छ । प्राकृतिक रुपमा पाकेका आँप लामो समयसम्म खराब पनि हुदैँनन् ।
आँप पकाउन प्रयोग गरिने क्याल्शियम कार्बोइड रंगहीन केमिकल हो । यसको प्रयोग खासमा वेल्डिङका लागि गरिन्छ ।
क्याल्शियम कार्बोइड स्वास्थ्यका लागि निकै घातक हुन्छ । यो खानाले धेरै प्यास लाग्ने, शरिरमा कमजोरी हुने , सुन्निने, चिलाउँने, आँखा पोल्ने लगायतका विभिन्न समस्या देखिन्छन् । यसको प्रयोग गर्नाले डकार, कफ, टाउको दुखाँई, निद्रा नलाग्ने, मानिसको सोच्ने क्षमतामा कमी आउने लगायत विभिन्न साइड इफेक्ट देखिन्छन् ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses