‘अपराध हुनुको मुख्य कारण जाँड, रक्सी, मोबाइल र फेसबुक’
रातो घर, काठमाडौं–एआईजी विज्ञानराज शर्माले नेपालमा अपराध हुनुको मुख्य कारण जाँड, रक्सी, मोबाइल र फेसबुक रहेको बताएका छन् ।
अलेच नेपालीहरूका हरेक पार्टी तथा उत्सवमा रक्सीको बढ्दो प्रयोगले गर्दा सामाजमा अपराधका घटना उल्लेख्य घटेको भन्दै शर्माले रक्सीसँगै मोबाइल दुपयोग र फेसबुकको बढ्दो प्रयोगले अपराध गराउन व्यक्तिलाई डोर्याउने गरेको बताए ।
‘अहिले रक्सीबिना बेलुकाको पार्टी हुँदैन, एकातिर बाबुआमा बियर र ह्वस्की लिएर बस्छन् । अर्कातिर छोराछोरी रक्सी र वाइनमा लठ्ठ हुन्छन्, अनि घरैबाट सुरु हुन्छ अपराध,’ शर्माले इलाममा आयोजित कार्यक्रममा शुक्रबार भने ।
नेपालमा बलात्कार, घरेलु हिंसा, सीमा अपराधजस्ता घटना बृद्धि भएको भन्दै शर्माले त्यसको नियन्त्रणमा सबैले सघाउनुपर्ने बताए । उनले अहिले नेपालमा लागुऔषधमा बालबालिकाको संलग्नता पनि बढिरहेको जानकारी दिँदै बालबालिकालाई प्रयोग गरेर पनि अपराध हुने गरेको बताए । आजको राजधानी दैनिकमा खबर छ ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses