चीनले रेल पठाएपछि भारतले हतार गर्दै यसरी दियो नयाँ सुविधा हेर्नुहोस्
रातो घर, नयाँ दिल्ली, १२ असार । तेस्रो मुलुकहरूसँगको व्यापारका लागि नेपालले प्रयोग गर्दै आएको कलकत्ता र हल्दियाभन्दा कम लागत पर्ने विशाखापटनम बन्दरगाहबाट आयात–निर्यातको सांकेतिक सुरुवात गरिएको छ । शुक्रबार नेपाली र भारतीय उच्च अधिकारीहरुले विशाखापटनम बन्दरगाहबाट सांकेतिक आयात–निर्यात सुरुवात गरेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भएको सहमतिअनुसार चीनको बन्दरगाह सहर लान्चाउबाट नेपालतर्फ सामान बोक्ने रेल सेवाको सांकेतिक सुरुआत भएपछि भारतिय अधिकारीले नेपाललाई विशाखापटनम बन्दरगाह प्रयोगमा ल्याउन अनौपचारिक रुपमा दबाब दिन थालेको हो । त्यसैको परिणाम स्वरूप यो बन्दरगाहबाट आयात निर्यातको सांकेतिक सुरुआत भएको हो ।
झन्डोत्तोलन गरि सांकेतिक आयात–निर्यात घोषणा गरिए पनि यो बन्दरगाहबाट व्यवसायीक आयात निर्यात सुरु गर्न भने केही समय लाग्नेछ । भारतीय बन्दरगाह, पूर्वी तटिय रेल सेवा, कन्टेनर निगम, भन्सार, वाणिज्य अधिकारी सहित नेपालका मुख्यसचिव सोमलाल सुवेदीले बन्दरगाहबाट आयत–निर्यातको सांकेतिक सुरुवात गरेका हुन् । कार्यक्रममा मुख्यसचिव सुवेदीले यो बन्दरगाहको प्रयोगले नेपालको आयात–निर्यातमा सहज हुने बताए । बन्दरगाहका अध्यक्ष एमटी कृष्णवहादुरले नेपालका लागि कलकत्तापछि यो दोस्रो पारवहन प्रवेशमार्ग हुने बताए ।
‘व्यवसायीक पारवहन सुरु गर्नलाई अझै प्रशासनिक, प्राविधिक र व्यवहारिक कुरा मिलाउनु पर्नेछ,’ नेपाली टोलीमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव एवं कलकत्ताका पूर्व महावाणिज्यदूत चन्द्र घिमिरेले भने, ‘अहिलेको उद्घाटन भनेको सांकेतिक सुरुवात हो ।’ उनका अनुसार नेपालले यो बन्दरगाहमा कस्तो खालको कुटनैतिक संयन्त्र बनाउने भन्ने निर्णय गरिसकेको छैन । विशाखापटनममै महावाणिज्य दुतावास वा त्यस्तै काम गर्नसक्ने कुटनैतिक नियोग नराखी व्यवसायिक पारवहन सुविधा उपयोग गर्न सकिने छैन ।
कुटनैनिक नियोगका साथै यो बन्दरगाहबाट नेपालर्फ कुन रेल प्रयोग गरेर कार्गो पठाउने समेत अझै निक्र्यौल भइसकेको छैन । कलकत्ताभन्दा दुरिका हिसाबले झण्डै दोब्बार लामो विशाखापटनम बन्दरगाह अन्य पारवहन सुविधाका हिसाबले भने किफायती पर्नेछ । आधुनिक हुनुका साथै ठूला खाले पानीजहाजबाट सामान ल्याउन र पठाउन पाइने भएकाले यो बन्दरगाहबाट सामान आयात–निर्यात गर्दा कम्तिमा १५ प्रतिशत लागत कम पर्ने विभिन्न अध्ययनले देखाएका छन् । कलकत्तामा भने साना खाले पानीजहाजबाट आयात–निर्यात हुदा लागत बढी पर्ने गरेको छ ।
‘लागत कम गर्ने भएकाले हामीले यो बन्दरगाह प्रयोग गर्न दिन पटक–पटक प्रयास गरेका हौ,’ वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजुले भने, ‘अब औपचारिक उद्घाटन भइसकेकाले सबै प्राविधिक र व्यवहारिक समस्या समाधान गरेर चाँडै पूर्ण सञ्चालनमा ल्याउनेछौ ।’ उनले आगामी मंगलबार नयाँदिल्लीमा हुने नेपाल–भारत अन्तरसरकारी ९आईजीसी० बैठकमा समेत यो बन्दरगाह उपयोग गर्ने विषयमा छलफल हुनेछ ।
मुख्यसचिव सोमलाल सुवेदीको नेतृत्वमा वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव घिमिरेलगायतको टालीले विशाखापटनममा भारतीय अघिकारीहरुसँग अन्तरक्रियासमेत गरेको थियो । अन्तरक्रियाका क्रममा भारतीय अधिकारीहरुले नेपाललाई तत्कालै प्रशासनिक र कुटनैतिक व्यवस्थापन गर्न आग्रह गरेको जानकारी घिमिरेले दिए । ‘भारतीय अधिकारीहरूले हामीलाई जतिसक्दो चाडो प्रशासनिक र व्यवहारिक काम टुङ्ग्याउन आग्रह गरेका छन्’ उनले भने, ‘अब नेपाल सरकारले सबै खाले व्यवस्थापनका लागि काम गरेर चाँडै बन्दरगाह प्रयोग गर्ने वातावरण मिलाउनेछ ।’
तेस्रो मुलुकसँगको व्यापारका लागि विशाखापटनम बन्दरगाह कलकत्ताभन्दा सजिलो भएकाले त्यसलाई आयात–निर्यात मार्गका रुपमा प्रयोग गर्नुपर्ने व्यवसायीहरुले लामो समयदेखि माग गर्दै आएका छन् । सात वर्षअघि नै भारत सरकार नेपाललाई यो बन्दरगाह प्रयोग गर्न दिन सहमत भएको थियो । सहमति अनुसार सम्झौतापत्र भने बनेको थिएन । गत फागुनमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला बन्दरगाह नेपाललाई चलाउन दिने सम्झौता भएको हो ।
भारत भ्रमणमा गएका नेपाली अधिकारीका अनुसार यो बन्दरगाहबाट सुरुमा मासिक ६ सयदेखि सात सय कन्टेनरले पारवहन सुविधा पाउने छन् । पछि त्यसलाई बढाएर एक हजार कन्टेनर पुर्याउने सहमति भएको छ । भारतका आधुनिक बन्दरगाहमध्ये पर्ने भएकाले यसमा ‘क्लियरिङ’ चाडै हुने गर्छ । ‘विशाखापटनम बन्दरगाह आधुनिक भएकाले धेरै सुविधा छन्,’ नेपाल उद्योग वाणिज्य महासंघको पारवहन समितिका संयोजक राजन शर्माले भने, ‘त्यसैले हामीले लामो समयदेखि माग गर्दै आएका हौ ।’ उनले अहिले सरकारले औपचारिकरुपमा बन्दरगाहको उद्घाटन गरेपनि आफूहरुलाई कुनै जानकारी नभएको बताए । ‘औपचारिक उद्घाटन भएपनि अन्यौल कायमै छ,’ उनले भने, ‘कुन रुटबाट कार्गो ल्याउने अनि कुन नेपाली अधिकारीले हामीलाई आयातमा सहजिकरण गर्ने टुङ्गो नलागी पारवहन सुविधा लिन सकिदैन ।’
टोलीले बन्दरगाहको निरिक्षण एवं भारतीय अधिकारीसँग अन्तरक्रिया गरेर दिएको सुझावलाई समेटेर मंगलबारको आइजिसी बैठकमा छलफल गरिनेछ । ‘बैठकबाट विशाखापट्नमका केही समस्या समाधान गर्ने तयारीमा छौ,’ शैंजुले भने । नेपालले हालसम्म आयात निर्यातका लागि भारतको कलकत्ता र हल्दिया बन्दरगाह मात्र प्रयोग गर्दै आएको छ । कलकत्ता र हल्दियालाई मृत बन्दरगाह (डेड पोर्ट)का रूपमा समेत चिनिन्छ । नेपाली अयात–निर्यातकर्ताले लामो समयदेखि आधुनिक बन्दरगाहका लागि पहल गर्न सरकारलाई दबाब दिदै आएका थिए ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses