आफ्नै जन्मदिने आमाको हत्या गरी बोरामा पोको पारेर खोलाको डिलमा गाड्ने छोरालाई प्रहरीले पक्राउ
इटहरी, असार १० - उपचार गर्न नसकेपछि आफ्नै जन्मदिने आमाको हत्या गरी बोरामा पोको पारेर खोलाको डिलमा गाड्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले लामो समयदेखी क्यान्सरबाट पिडित बनेकी इटहरी ४ पानधारे निवासी ६५ वर्षीया बेचनी चौधरीलार्इ हत्या गरी खोलामा गाडेको अभियोगमा उनकै २८ वर्षीय छोरा बिजय चौधरीलार्इ पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीले आफुले जन्मदिने आमाको हत्या गरी बोरामा पोको पारेर स्थानीय टेंग्रा खोलामा गाडेको स्विकार गरेका छन । प्रहरी नियन्त्रणमा रहेका चौधरी स्वयमले आमालार्इ गाडेको स्थान पूर्याइ उत्खनन गर्दा सेतो बोरामा मुख बाधीएको अवस्थामा शव फेला परेको छ ।
उक्त शव प्रहरीले अन्तिम संस्कारका लागि बिहिबारनै परिवार तथा आफन्तलार्इ जिम्मा लगाएको छ । उक्त शव एक महिना अघी नै गाडिएकोले दुर्गन्धित बनेको थियो । क्यान्सरबाट पिडित आमा बेचनीको उपचार खर्च निकाल्न नसकेपछि कान्छो छोरा २८ बर्षीय बिजयले हत्या गरी बोरामा पोको पारेर स्थानीय खोलाको डिलमा गाडेको प्रहरीले बताएको छ ।
बिहीबार चौधरी बिरूद्ध उजुरी दर्ता भएको र बिहीबार नै अभियुक्तलार्इ पक्राउ गरी सोधपुछ गर्दा यस्तो रहस्य खुलेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी ओम अधिकारीले जानकारी दिएका छन् । आमालार्इ क्यान्सरको उपचार गराउने भनी घर बाट लिए हिडेका छोराले फर्कदा आमालार्इ नलिइ आएको देखेपछि स्थानीयहरूले संका गरेका थिए ।
बेचनी चौधरीका श्रीमान भरतलाल चौधरी केही महिना अघी सडक दुर्घटनामा परी घाइते भइ उपचारका लागि काठमाण्डौ गएका बेला आमालार्इ उपचारका लागि लैजाने भन्दै घरबाट लिएर हिडेका बिजया चौधरी फर्कदा एक्लै देखेपछि स्थानीयमा संका उत्पन्न भएको थियो ।
पछि बाबु भरतलाल घर आइ श्रीमती खोजी गर्दा कान्छो छोराले लगेको स्थानीयले बताएपछी पटक पटक सोधपुछ थाल्दा उल्टै बाबुमाथीनै जाइलागेका थीए । मेरी स्वास्नी खोइ भन्दा मैले मारेर गाडिदिए भन्ने कान्छो छोराको उत्तर प्रती बाबुको संका सुरू भयो ।
बाबु भरतलाललार्इ असहनीय भएपछि बिहीबार इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए । प्रहरीले उजुरी दिएको १ घण्टा भित्रै इटहरीको बसपार्क क्षेत्रबाट अभियुक्तलार्इ पक्राउ गरी नियन्त्रणमा लिइ सोधपुछ अघी सार्दा बिजयले सबै कुरा प्रहरीलार्इ बताए ।
साभार: online news nepal
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses