दिसा गर्न लगाएर तीनवटा सिक्री निकालियो चोरको आन्द्रामा नौ तोला सुन
रातो घर, संखुवासभाः भनिन्छ पुलिस भन्दा चोर एक कदम अगाडि हुन्छ । खाँदबारी बजारमा महिलाको सिक्री चोरी गरेपछि लुकाउन चोरले लगाएको आइडियाबारे जान्नुभयो भने तपाई पनि चकित पर्नुहुन्छ ।
बजार भर्न पुगेका महिलाको सिक्री चोर्ने चोर पक्राउ पर्दा पनि सुन नभेटिएपछि प्रहरीले चोरको दिसाबाट नौ तोला सुन निकालेको छ ।
सुन चोरी आरोपमा जेठ १७ गते पक्राउ परेका चोरको दिसाबाट प्रहरीले सुन निकालेको हो ।
खाँदबारीको शनिबारे बजारमा किनमेल गर्न गएकी महिलाको सुनको सिक्री लुटेको आरोपमा प्रहरीले वीरगञ्ज उपमहानगरपालिका २३ अपौलीका रमेशराय यादव, सुनसरीका ४५ वर्षीय राजकुमार यादव, पर्सा हरपतगन्ज– ९ का अमित राययादव र सुनसरी इटहरीका जगनारायण चौधरीलाई पक्राउ गरेको थियो ।

चोरी गरेको सुन नभेटिएपछि प्रहरीले खाएको आशंका गरी एक्सरे गर्दा बिहीबार आन्द्रामा सुन देखिएको थियो ।
खाँदबारी बजारमा किनमेल गर्दै आएकी पासाङल्ह्मु शेर्पाले लगाएको दुई तोलाको सिक्री, दिलकुमारी श्रेष्ठको पाँच तोलाको सिक्री र संगीता श्रेष्ठको दुई तोला दुई आनाको सिक्री चोरले खाएको अनुसन्धानबाट पुष्टि भएका छ ।
बजार भर्न आएका महिलाका घाँटीको सिक्री हराएको उजुरी परेलगत्तै प्रहरीले चोरलाई पक्राउ गरेको थियो ।
संखुवासभाका प्रहरी प्रमुख डीएसपी गौतम कुमार केसीले भने, ‘उजुरी लगत्तै हामी चोर पक्राउ गर्न सफल भयौँ । अनुसन्धान सकारात्मक देखिएको छ ।'
प्रहरीको अनुसन्धान टोलीले खाँदबारीको लभिङ हिलबाट दुईजनालाई पक्राउ गरेपछि फरार दुई जना खराङबाट पक्राउ परेका थिए ।
पक्राउ परेका मध्ये काजनारायण चौधरीले सुन खाएका थिएनन् भने बाँकी तीन जनाले सुन खाएको अनुसन्धानबाट खुलेको हो ।
बजार र भिडभाडमा सुन लुट्ने योजना बनाएर इटहरीबाट को१ज २६५७ नम्बरको रातो रंगको गाडी लिएर यो गिरोह खाँदबारी पुगेको थियो । इटहरीबाट दुई दिनका लागि गाडी लगेको खुलेको छ ।
चोरी आरोपमा पक्राउ परेकाले सुन चोरीको स्वीकार नगरे पछि प्रहरीले एक्सरे गर्न अस्पताल पुर्याएको थियो । एक्सरे रिपोर्टमा नौ तोला दुई आना सुनचोरी गरी खाएको खुलेको हो ।
एक्सरेका क्रममा अमितको पेटको तल्लो भागमा सुनको सिक्री देखिएको थियो भने रमेशको पेटको सानो आन्द्रामा र राजकुमारको ठूलो आन्द्रामा सुन देखिएको थियो ।
प्रहरीसँगको बयानमा चोरले आलुचपमा सुनको सिक्री मिसाएर निलेको स्वीकार गरेका छन् ।
पहाडी क्षेत्रमा लुटेर लगेको सुन भारतीय बजारमा बिक्री गर्ने उनीले बताएका छन् । भारतीय बजारमा २२ हजार रुपैयाँ तोलासम्म सुन बिक्री हुने गरेको उनीहरुले बताएका छन् । अभियुक्तलाई चोरी महलमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साभार: अन्नपुर्ण पोष्ट
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses