५५ सय नेपाली युवालाई कोरियाले दियो ‘लेबर कन्ट्रयाक्ट’
रातो घर, २८ जेठ, काठमाडौं । यो वर्ष कोरियाले नेपाली कामदार लैजाने क्रम अघिल्ला वर्ष भन्दा तीव्र रुपमा अघि बढाएको छ ।
रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरियाले सन् २०१६ को जनवरी यता ५ हजार ५ हजारभन्दा बढी नेपाली कामदारसँग ‘लेबर कन्ट्रयाक्ट’ दिएको छ ।
इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले कोरिया जान योग्य रोस्टर सूचीमा रहेकामध्ये ५ हजार ५ सय नेपाली कामदारको श्रम सम्झौता भएको बताए ।
‘यो वर्ष नेपाली कामदार लैजान कोरियाले विशेष चासो देखाएको छ । त्यसैले साढे ५ महिनाको अवधि मै अघिल्ला वर्षहरु भन्दा उच्च दरमा कामदारको कन्ट्रयाक्टहरु प्राप्त भइरहेका छन्’ बास्तोलाले भने-‘साढे ५ महिनामै ५५ सयको समझौता प्राप्त भएको यो पहिलो पटक हो ।’
कोरियाले फागुनको पहिलो हप्तादेखि नेपाली कामदारको छनोट सुरु गरेको थयो । कोरियाको मानव संसाधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक तर्फकका कामदार छान्ने क्रम तीब्र पारेको छ ।
विभागले भाषा परीक्षा पास गरेका कामदारको ३ चरणमा छनोट गर्ने गरेको निर्देशक बास्तोलाले बताए । कोरियाले अब आगामी जुन महिनामा दोस्रो चरणको छनोट गर्नेछ । त्यसको चार महिनापछि तेस्रो तथा अन्तिममा कामदार छानिने छन् ।
कामदार छान्न रोजगारदाता कम्पनीहरु सहभागी हन्छन् । उनीहले परीक्षा पास भएकामध्येबाट आफुलाई आवश्यक पर्ने कामदार भाषा छान्न पाउँछन् ।
सन् २०१६ को लागि भएको भाषा परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका थिए । उत्पादनमुलकतर्फ ५ हजार ८ सय १७ र कृषि तथा पशुपालनतर्फ २ हजार ६ सय ७३ जना उत्तीर्ण भएका थिए । अघिल्लो वर्ष रोष्टरमा रहेका १ हजार जना पनि कोरिया जाने प्रतिक्षामा छन् । अब झण्डै ४५ सय कामदार कोरिया जाने करार सम्झौताको प्रतिक्षामा छन् ।
कोरियाले सन् २०१७ का लागि आगामी असारको ४ र ५ गते अर्को लटका लागि भाषा परीक्षा गर्दैछ । अहिले रोष्टरमा रहेका कामदारको छनौट सन् २०१८ को जनवरीसम्म जारी नै रहने बास्तोलाले बताए ।
‘हामी परीक्षाको तयारीमा लागिरहेका छौं’ उनले भने-‘रोष्टरबाट छानिएका कामदारलाई पनि सहजताका साथ पठाइरहेका छौं ।’ उनले अघिल्ला वर्षहरु भन्दा यो वर्ष धेरै कामदार जानसक्ने देखिएको बताए ।
सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि कोरियाले नेपाली कामदार लिन सुरु गरेको थियो । हालसम्म दक्षिण कोरियामा इपीएसमार्फत् ३५ हजार बढी हजार नेपाली कामदार पुगिसकेका छन् ।
महिनामा १ लाख रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले नेपाली कामदारको आकर्षण कोरियामा अत्याधिक छ । त्यसैकारण ३१ सय कोटा तोकिएको यो वर्ष साढे ६० हजार युवाले भाषा परीक्षा दिँदैछन् ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses