गायक टंक बुढाथोकीले जनचेतना फैलाउने पहिलो ट्राफिक गीत ‘गुल्टिीयो झिल्के’ ल्यायो भिडियो सहित हेर्नुहोस्

रातो घर, गायक टंक बुढाथोकीले यस्तै–यस्तै शब्द रहेको ट्राफिक गीत ‘गुल्टिीयो झिल्के’ गाएका छन् । ट्राफिक जनचेतना फैलाउने उद्देश्यले निकालिएको यो गीतको म्युजिक भिडियो शुक्रवार एक कार्यक्रमविच महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआईजी प्रकाश अर्यालले सार्वजनिक गरे ।
महाशाखामै आयोजना गरिएको कार्यक्रममा उनले गीत–संगीत पनि जनचेतना फैलाउने एउटा सशक्त माध्यम रहेको बताए । ‘यसअघि पनि यस्ता केही प्रयास भएको थिए, यो थप प्रयास हो,’ उनले भने, ‘सुरक्षित समाजको निर्माण गर्ने हाम्रो अभियानमा सहयोग गरेको सम्पुर्ण कलाकारलाई धन्यवाद ।’

मेट्रो ट्राफिक एफएमका प्रस्तोता सन्तोष सापकोटाले यो गीत लेखेका हुन् । गीतमा संगीत पनि गायक बुढाथोकीकै छ । नेपाल प्रहरी प्रधान कार्यलय श्रव्यदृश्य शाखाका प्रहरी नायब निरीक्षक सन्तोष लामा मोक्तानले भिडियोको छायांकन, सम्पादन र निर्देशन गरेका हुन् । भिडियोमा एउटा युवकले कसरी सडकमा लापरबाहीका साथ मोटरसाइकल कुदाउँछ र त्यसको परिणाम के निक्लिन्छ भन्ने कुरा देखाउन खोजिएको छ । भिडियोमा सुमनसागरजंग शाही, सरु गौतम, बिवेक बजगाई, लुना गुराँगाई, अशोक कुमार निरौला आदि कलाकारले अभिनय गरेका छन् ।

‘काली तिम्रो नजरैले’, ‘घण्टी बज्यो’ जस्ता डान्सिङ नम्बरमा स्वर दिएका टंकले पहिलोपल्ट ट्राफिक गीत गाएका हुन् । ‘मेट्रो ट्राफिक एफएममा अन्तरवार्ता दिन आउँदा गीतकार सन्तोषजीले गीत निकालौं भन्नुभयो,’ कार्यक्रममा गीतबारे उनले भने, ‘धेरैले निकाल्छु भनेर निकालेनन् भन्ने उहाँको गुनासो पनि थियो । यसरी सामाजिक कामसँग जोडिन मेरोचाँही सानैदेखिको चाहना हो । त्यसैले मैले यो गीत गाएको हुँ ।’ गीतलाई उनले रमाइलो पारामा गाएका छन् । भन्छन्, ‘गीतबाट दर्शकले मनोरञ्जन पनि लिउन् र सडकमा जथाभावी सवारी कुदाउनु हुन्न भन्ने सन्देश पनि सिकुन भन्ने हिसाबले यसरी गाएको हुँ ।’  कार्यक्रममा सम्पुर्ण कलाकारलाई डिआईजी अर्यालको हातबाट प्रशंसापत्र दिइएको थियो ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses