स्वास्थ्य चौकीमा सुत्ने यी महिला को हुन् ?
रातो घर, विराटनगर, १५ असार । मंगलबार दिउँसो मोरङको मोतीपुरस्थित स्वास्थ्य चौकी पुग्दा एक जना महिला कर्मचारी कार्यालयमै सुतिरहेकी थिइन् ।
उत्तरतर्फ सिरानी लगाएर बेन्चमा पल्टिएकी उनी घुर्दै थिइन् । स्वास्थ्य चौकीमा को आयो र गयो भन्ने हेक्का उनलाई थिएन । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
चौकीको मुख्य द्वारछेउमा बेन्च राखिएको थियो । मास्तिर सिलिङ पंखा घुमिरहेको थियो । उनी भने सलले अनुहार छोपेर मस्त निदाएकी थिइन् ।
बिरामी जाँच गर्ने, कार्यालय प्रमुख बस्ने र बिरामीलाई परामर्श दिने कोठाा खाली देखिन्थ्यो । स्वास्थ्य चौकीका तीनवटामध्ये एउटामा चिकित्सक बस्छन् । अर्कोमा बिरामी जाँच हुन्छ ।
एउटामा चाहिँ बिरामीसँग परामर्श गरिन्छ । कोठाामा पंखा घुमिरहेका थिए । टेबुलमा मुख खुलेका औषधिका बट्टा देखिन्थ्ये । बिरामी जाँच गर्ने कोठामा औषधि मिलाएर राखिएको थियो ।
तर स्वास्थ्य जाँच गर्ने र औषधि वितरण गर्ने कर्मचारी देखिँदैन्थे । स्वास्थ्य जाँच गर्दा प्रयोग गरिने उपकरण असरल्ल छरिएका थिए । छेवैमा तौल जोख्ने मेसिन थियो ।
कार्यालयमा कोही प्रवेश गरेको देखेपछि गाविस कार्यालयमा गफिँदै गरेका स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट मातृका उप्रेती आए । महिला कर्मचारी अनिता माझीलाई उठाए ।
उठिसकेपछि पनि माझी केहीबेर उङ्दै बेन्चमै बसिरहिन् । उप्रेतीले झपारेपछि भने उनी मुख धुन गाविस कार्यालयको धारातिर लागिन् । उप्रेतीले इशारा गर्दै उनलाई कार्यालयमै रहन निर्देशन दिएका थिए ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses