असफलताबाट निरास हुनुहुन्छ ? यो बाख्राबाट सिक्नोस् (भिडियो सहित)

रातो घर, यो बाख्रो निकै क्युट छ, फुर्तिलो छ र हिम्मतिलो पनि रहेछ । किनकी यसले कहिल्यै हार मान्नुहुन्न भन्ने सोँच राख्दोरहेछ ।

goatइन्टरनेटमा छाएको यो बाख्राको पाठोप्रति मानिसहरुले उसको मेहेनत र इच्छाशक्तिको खुल्ला हृदयले प्रसंसा गरिरहेको छ ।

मिरर अनलाइनमा छापिएको समाचार अनुसार एउटा बाख्राको पाठोको भिडियो अहिले निकै चर्चित बनेको छ । यो पाठो एउटा सोफामा चढ्ने प्रयास बारम्बार गर्दछ ।

आफुसँगै रहेको अर्को पाठो बुरुक्क उफ्रेर सजिलै सोफामाथि जाने र तल झर्ने गर्न सक्छ । तर सानो चाहीँ पाठो उफ्रिएर सोफामा चढ्ने प्रयास गर्दा असफल भई पटक पटक तलै र्झदछ । अनेक प्रयासपछि बल्ल  अन्ततः उसले सोफा चढ्ने कार्यमा सफलता प्राप्त गर्दछ र सोफामाथि चढ्न सकेपछि खुसियाली मनाएको जसतो भाव प्रकट गर्दछ ।

यो बाख्राको निरन्तरको प्रयास र सफलताले एउटा कथनलाई सम्झाउँछः छालबाट डराएर डुंगा पार हुँदैन, कोसिस गर्नेहरुको कहिल्यै हार हुँदैन ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses