स्मार्ट फोनका खतरनाक एप ति एपलाई भुलेर पनि इन्स्टल नगर्नुस् ।
रातो घर, स्मार्टफोनको अहिलेको दुनियामा असंख्य एप्लिकेसनहरु उपलब्ध छन् । अझ भनौँ हरेक कामका लागि एप छन् । चाहे तपाइँ मोबाइलमा विभिन्न गेम खेलेर घण्टौँ बिताउन चाहनुहोस् वा दुनियाको कुनै कुनामा बसेर अर्को कुनामा रहेको मानिसलाई भिडियो कलिंग गर्नुहोस् ।
स्मार्टफोन एपले यी सबै कामलाई सम्भव तुल्याइदिएको छ । तर स्मार्टफोनमा डाउनलोड गर्न सकिने सबै एपहरु कामलाग्ने हुँदैनन् । कतिपय एपहरु त यस्ता हुन्छन् जसले तपाइँको मोबाइललाई नै समस्यामा पारिदिन सक्दछन् ।
दाबी गर्दा फाइदाजनक भनिने तर वास्तवमा वाहियात ठहरिएका केही एपहरु यस्ता छन् जसलाई तपाइँले भुलेर पनि स्मार्टफोनमा इन्स्टल नगर्नुहोला:
Clean It: यस्तो उपयोगी जस्तो लाग्ने एपलाई पनि किन स्मार्टफोनमा नराख्न भनियो भन्ने सोँच्नुभएको होला । यो एपले फोनका अनावश्यक तथा हानिकारक फाइल तथा भाइरसलाई हटाएर फोनको स्पीड बढाइदिने दाबी गरिन्छ । तर वास्तवमा त्यसो होइन । यसले उल्टै फोनलाई स्लो बनाइदिने तथा ब्याट्रीको आयु घटाइदिने गर्दछ ।
Music Player: आफ्नो नाम अनुसार नै यो एपले प्रयोगकर्तालाई स्मार्टफोनको प्ले लिस्टमा राखिएका अडियो गीत बजाइदिन्छ । यो एप प्रयोग भएको समयमा त्यसमा पपअप विज्ञापन देखा पर्दछन् । यस्ता विज्ञापनले उल्टै मोबाइलको डाटाको खपत गरिदिन्छन् र ब्याट्रीको चार्ज पनि स्वाहा पारिदिन्छन् ।
DU Battery saver and fast Chareg: ब्याट्री बचत गर्ने भनिएको यो चर्चित एप पनि तपाइँले आफ्नो स्मार्टफोनमा इन्स्टल नगर्दा नै राम्रो हुन्छ । यो एपले मोबाइलको ब्याट्री चार्जिंगलाई तिव्र बनाउने भनेपनि दाबी अनुसारको काम गर्दैन । साथै यो एपमा पनि अन्यमा जस्तै विज्ञापन देखा पर्ने भएकाले त्यसले मोबाइलको डाटाको खपत गरिदिन्छ र ब्याट्रीको चार्ज पनि छिटो सकाइदिन्छ ।
Dolphin Web Browser: ब्राउजर बनाउनेहरुको दाबी छ की यो एप विज्ञापन मुक्त तथा फ्लास सपोर्ट गर्ने खालको छ । तर यो ब्राउजर चलाउनु निकै जोखिमपूर्ण रहेको बताइन्छ । किनकी यो ब्राउजरले प्रयोगकर्ताका हरेक डाटा संग्रहित गर्दछ ।
QuickPic: यो फोटो ग्यालरी एप हो । प्रयोग गर्दा सजिलो तथा प्रयोगकर्तामैत्री पनि छ । यसलार्य एक वेबसाइटले सन् २०१५ को सर्वोत्कृष्ट एप पनि घोषित गरेको थियो । तर यो एप यति खतरनाक छ की यसले प्रयोगकर्तालाई डाटालाई आफ्नो सर्भरमा अपलोड गरिदिन्छ । जसका कारण प्रयोगकर्ताका निजी तस्वीर तथा व्यक्तिगत डाटा पनि लिक हुने खतरा बढ्दछ । त्यसैले यो एपलाई पनि आफ्नो मोबाइलमा प्रयोग नगरेकै राम्रो ।
साभार: अनलाईन
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses