१९ वर्षदेखि एक खुट्टाको सहाराले खेती गर्दैछन् यी किसान

रातो घर, २५ जेठ, काठमाडौं । भनिन्छ हिम्मत र हौसला भएमा कठिनभन्दा कठिन परिस्थितिमा पनि आशाको किरण देखिन्छ । यस्तै कठिन परिस्थितिलाई पार लगाएका भारत राजस्थानका किसान रामचन्द्रले ।

उनको जिन्दगी समाजका लागि नयाँ आशाको किरण मात्रै बनेको छैन अपांगता भएको व्यक्तिले केहि पनि गर्न सक्दैन भन्ने गलत सोच्नेहरुलाई गतिलो झापड पनि बनेको छ ।

राजस्थानका श्रीगंगानगर जिल्ला निवासी रामचन्द्रको एउटा मात्रै खुट्टा छ । त्यही एउटा खुट्टाको सहाराले उनी आफ्नो दिनचर्या मात्रै होइन, वर्षौंदेखि खेतीपातीको काम पनि गर्दै आएका छन् ।

उनी भन्छन्, ‘म कसैप्रति बोझ बन्न चाहँदैन । दयाको पात्र बन्न पनि चाहँदैन । त्यसैले मेरो कामका लागि कसैको मद्दत लिँदैन ।’

एक खुट्टाबाट १९ वर्षदेखि खेती
उनी आफ्नो एउटा खुट्टाको सहाराबाटै विगत १९ वर्षदेखि खेती किसानी गर्दै आएका छन् । खेतीपाती नभएको समयमा उनी मजदुरी गर्न शहर पनि जान्छन् । लठ्ठीको सहाराले हिँडडुल गर्छन् र खेत खन्ने, भारी बोक्ने लगायतका काम गर्छन् । आफ्नो मेहनतको बलमा उनले आफ्ना दुई छोरीहरुको बिहे पनि गराइदिइसकेका छन् ।

धर्तीका यीनै निडर व्यक्ति रामचन्द्र कहिलेकाहीँ जिन्दगीबाट हार मानेर आत्महत्या गर्न चाहन्थे तर फेरि आफ्ना परिवारका सदस्यलाई सम्झेर त्यो बाटो रोजेनन् । किनकी रामचन्द्रमाथि पूरै परिवारको जिम्मेदारी छ ।
आत्महत्या गर्न त सजिलो छ तर संघर्षका साथ जिन्दगी जिउनु बढी मुस्किल छ । त्यसैले उनले अठोट लिए र आफ्नो जिन्दगीलाई नयाँ दिशा मात्रै दिएनन् समाजका ति व्यक्तिहरुका अगाडि उदाहरण बने जो जिन्दगीबाट हार मानेर बर्बादीको बाटो रोज्छन् ।

– आइबीएन खबरबाट

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses