माओवादीद्वारा देशव्यापी कारबाहीमा तीब्रता, २७ गतेको नेपाल बन्द ‘विशेष’ हुने सङ्केत

रातो घर, काठमाडौं, २५ जेठ:यही जेठ २७ गतेको नेपाल बन्दको पूर्वसन्ध्यामा माओवादीद्वारा देशभर कारबाहीमा तीब्रता दिएको छ । सिन्धुपाल्चोक, चितवन, बारा, मकवानपुर, बाँके, कैलाली लगायत दर्जनौं जिल्लामा भइरहेको सशक्त कारबाहीले २७ गतेको नेपाल बन्द ‘विशेष’ हुने सङ्केत दिएको छ ।

कैलालीमा विप्लव माओवादीद्वारा भ्रष्ट ईन्जिनियरमाथि कारबाही गरिएको छ । भ्रष्टाचारमा संलग्न धनगढी उपमहानगरपालिकाका ईन्जिनियर दिजराज भट्टलाई विप्लव माओवादीद्धारा कालोमोसो दलिएको हो ।

माओवादीद्वारा अमेरिकी लगानीमा सञ्चालित ‘सेभ द चिल्ड्रेन’ संस्थामाथि भीषण जनकारबाही भयो । सिन्धुपाल्चोक जिल्लाको चौतारामा रहेको ‘सेभ द चिल्ड्रेन’ को कार्यालय ध्वस्त, २ वटा गाडी र १ ओटा मोटरसाइकल पनि क्षतिग्रस्त भए ।

बारामा विप्लव माओवादीद्धारा जमिन्दार गंभीरा साहको ५० बिगाहा जमिन कब्जा भयो । साहको १३ सय बिगाहा जमिनमध्ये बाँकी जमिन पनि कब्जा गर्ने विप्लव माओवादी बाराले चेतावनी दिएको छ ।

सदरमुकाम कलयौदेखि १० किलोमिटर टाढा रहेको बाराको गडहल विसनपुरुवास्थित सुखीपत्रा भन्ने ठाउँमा सय भन्दा बढी स्थानीय किसानहरुको उपस्थितिमा निज सामन्तको जमिन विप्लव माओवादीले कब्जा गरेको हो ।

गुणस्तरहीन काम गरेको भन्दै विप्लव माओवादीद्धारा बाँकेमा भारतीय नीजि कम्पनीमाथि आक्रमण भयो । विप्लव माओवादी निकट राष्ट्रिय युवा जनस्वयमसेवकले बाँकेको नेपालगन्जस्थित भारतीय ठेकेदार रहेको पप्पु कन्स्ट्रक्सनमाथि आक्रमण गरेको हो ।

विप्लव माओवादीले चितवनको शक्तिखोरस्थित कोलार चुनखानी कार्यालय र खानीमा प्रयोग गरिएको डोजर तोडफोड र आगजनी गरेको थियो ।

मकवानपुरको हेटौडामा सडक डिभिजन कार्यालय प्रमुखलार्इ पनि विप्लव माओवादीले कालोमोसो दलेको थियो ।

नेपाल बन्दको पूर्वसन्ध्यामा माओवादीद्वारा देशभर कारबाहीमा तीब्रता दिएको छ । सिन्धुपाल्चोक, चितवन, बारा, मकवानपुर, बाँके लगायत दर्जनौं जिल्लामा भइरहेको सशक्त कारबाहीले नेकपा माओवादीले आह्वान गरेको जेठ २७ गतेको नेपाल बन्द मेठभेडतिर जाने सम्भावना रहेको बताइन्छ ।

झापा जिल्ला पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारी, जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जनपरिषद प्रमुख रामप्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललाई बिनासर्त रिहा गर्नुपर्ने नेकपा माओवादीको भनाइ छ ।
साभार: जनपाटी

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses