दाता सम्मेलनमा घोषणा भएको ५० प्रतिशत रकम पनि आएन

रातो घर, १८ असार, काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि विभिन्न मुलुक तथा दातृ निकायले करिब २ खर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन् । तर, नेपाल सरकारले भने त्यसको ५० प्रतिशत पनि पाउन सकेको छैन ।

पुनर्निर्माणका लागि १० असार ०७२ मा भएको अन्तराष्ट्रिय सम्मेलनमा मित्रराष्ट्र तथा दातृ निकायले झन्डै ४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहायता घोषणा गरेको भएपनि हालसम्म घोषणाको ५० प्रतिशतभन्दा कम रकमको मात्रै प्रतिबद्धता प्राप्त भएको अाजको राजधानी दैनिकमा समाचार छ ।

अर्थ मन्त्रालयका सहसचिव एवं वैदेशियक सहयोग समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले सहयोगका लागि गत वर्ष गरिएको घोषणअनुरुप प्रतिबद्धता आउने क्रम जारी रहेको र हालसम्म २ खर्ब रुपैयाँबराबरको सहयोग प्रतिबद्धता प्राप्त भएको बताए ।

घोषणा अनुसारको सहयोग प्रतिवद्धता जनाउने क्रम जारी रहेको जानकारी उनले दिए । यद्यपि दाता सम्मेलनमा गरिएको प्रतिवद्धता उपलव्धिमूलक हुनज सकेको छैन।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses