‘एक करोड फिर्ता लैजाउ !’– गुगल ब्वाई

श्री प्रधानमन्त्रीज्यू,
बालुवाटार, काठमाण्डौ ।
एकातिर हजारौं अशक्तहरुको पिंडादायी अवस्था, अर्कातिर लाखौं भुकम्प पीडितको दर्दनाक स्थितिमा मेरो प्रतिष्ठानलाई एक करोड उपलब्ध गराउने निर्णय मेरालागी नैतिक, आर्थिक र धार्मिक हिसाले खुशीको कुरा लागेन । तपाईंकालागि पनि यो निर्णय अन्तिम गाँसमा ढुङ्गा लागेको महसुस गरेको छु ।

यस अघि पनि सरकारले मलाई उपचार खर्च दिएर आफ्नो दायीत्व पुरा गरि सकेको छ । फेरी करोड छुट्याउंदा नागरिकले मप्रति पनि प्रश्न चिन्ह उठाउन थालेकाछन् । यसबाट म अत्यन्तै चिन्तित बनेको छु । म मेरो क्षमतामाथी ढुक्क छु । नागरिक स्तरबाट मेरो प्रतिष्ठान चल्छ । अस्तित्वले अवस्य सहयोग गर्नेछ । मलाई बिबादमा लैजान काम नर्गन अनुरोध गर्दछु । देश र जनताको चित्त दुखाएर धर्म बदनाम गराउन चाहान्न ।

निकट प्रधानमन्त्री पुष्प कमल दहालजी, एक करोड दिनेका बिषयमा तपाईंपनि सहमत हुनु भएको रहेछ, म एकदमै खुशी भएको छु । खुशी करोड पाएकोमा हैन, धर्मलाई अफिमसंग तुलना गर्ने क्रान्तीकारीहरु आज चमत्कार र अलौकिक शक्तिलाई मान्न थालेछन्, हरि ओम् तत्सत् !

बिकट प्रधानमन्त्री शेर बहादुर देउवाजी, करोडमा तपाईंपनि ओके सुनेर म खुशी छैन । देशको अर्थतन्त्र जर्जर बनाउने तपाईंहरुले मलाईपनि आफुजस्तै विवादित बनाउनु भएकोमा बहुत् चिन्ता लागेको छ । म तपाईंहरुजस्तै अलोकप्रिय बन्न चाहान्न ।

टिकट प्रधानमन्त्री नारायणकाजी श्रेष्ठजी, सदिच्छाकालागि धन्यवाद । तर अलौकिक शक्तिले चुनाव जिताई दिन्छ, सत्ता टिकाई दिन्छ भन्ने लोभ हो भने त्यो भ्रम हटाई हाल्नोस, कर्म नगरी मर्म र चर्म बलियो हुंदैन ।

अत: तपाईंको सरकारले मेरा नाममा दिएको नगद रु १,०००००००/– (अक्षेरेपी रुपैंया एक करोड)कालागि धन्यवाद सहित् फिर्ता लैजान हार दिक्क अनुरोध गर्दछु । उक्त रकम कुनै भुकम्प पीडित सेन्टर बनाउन प्रयोग गरेमा देश र जनताको कल्याण हुनेछ ।

अन्त्यमा, तपाईंहरु तिनै जनालाई मेरो आर्शिवाद छ । स्थिति बिग्रेला भन्ने पिर खिर खान नभुल्नुहोला । ढुक्क भएर लुछाचुँडी गर्दै गर्नोस्, केही नहुञ्जेल केही पनि हुंदैन ।

आदीत्य दहाल
साभार: गजुरेल डट कम 

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses