एमालेको प्रश्न : सभामुखले सरकारको दानापानी बन्द गरेर के गर्न खोजेको ?
रातो घर, काठमाडौं – काँग्रेस र एमालेले अविश्वासको प्रस्ताव दर्ता गराएपछि व्यवस्थपिका संसद स्थगित गर्नुप्रति एमालेले आपत्ति जनाएको छ ।
आज बसेको पार्टीको स्थायी समिति बैठकमा सभामुख ओनसारी घर्तीमगरप्रति नेताहरु आक्रोश व्यक्त गरेका थिए । बैठकपछि रातोपाटीसँग कुरा गर्दै स्थायी समिति सदस्य एवं खेलकुद मन्त्री सत्यनारायण मण्डलले ओनसारी घर्तिमगल माओवादीको सभामुख हुन् कि सबै दलको भनि प्रश्न गर्दै सभामुखले एउटा पार्टी विशेषलाई प्राथमिकता दिएर गलत गरेको आरोप लगाए ।
‘अहिले एमालेको सरकार छ तर व्यवस्थापिका संसद सबै विजनेशज बन्द गरेर अविश्वासको प्रस्तावका लागि पर्खेर बसेको छ,’ भन्दै उनले कांग्रेसले सरकारको दानापानी (संसद) रोकेर नेपाली जनताप्रति अन्याय गरेको आरोप लगाए ।
‘२०५४ सालमा लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री हुँदा गिरिजा प्रसाद कोइरालाले अविश्वासको प्रस्ताव लगेका थिए, त्यो बेला रामचन्द्र पौडेल सभामुख थिए,’ मन्त्री मण्डलले भने, रामचन्द्र पौडेलले त्यो बेला कुनै विजनेश रोक्नु भएको थिएन । थुप्रै विधेयकहरु पास भएको थियो तर अहिले आएर विगतमा यस्तै हुने गरेको भन्दै सभामुखले माओवादीको उक्साहटमा संसद स्थगित गर्नुभयो ।’
अहिले पनि केही विग्रेका छैन, हामीले आजको बैठकबाट पनि भनेका छौं, १६ बुँदे सहमति अनुसार अगाडि बढौं एमाले त्यसमा तयार छ, नभए अविश्वासको प्रस्तावलाई एमाले सामना गर्न तयार छ,’ मन्त्री मण्डलले भने ।
‘अविश्वासको प्रस्ताव आइसकेपछि राजिनामा दिने कुरा हुँदैन,’ ईश्वर पोखरेलले बैठकमा भनेको कुरा उद्धृत गर्दै एक नेताले भने, ‘काँग्रेस र माओवादीले राजिनामा माग्ने नैतिकता गुमाई सकेको छ । पार्टीले अविश्वासको प्रस्तावको सामना गर्छ ।’ उनले अध्यक्ष ओलीलाई जथाभावी नबोल्न पनि सुझाव दिएका छन् ।
राजनीतिक धु्रवीकरण बढी रहेको बेला सरकारमा बसेर एक अर्कालाई लान्छना लगाउने काम भयो भने सरकारले कमाएको साख पनि गुम्ने खतरा हुने कुरामा पार्टीका नेता माधव नेपालले राखेको पार्टीका एक नेताले बताए ।
हालसम्मको राजनीति पार्टी अनुकुल नै रहेकाले हरेश खाने अवस्था नरहेको नेताहरुले धारणा राखेका थिए । मतदानमा पनि धेरैको फरक छैन, अन्त्य अन्त्यमा गएर जे पनि हुनसक्छ त्यसको लागि एमाले पनि तयार रहनुपर्ने र पार्टीका नेताहरुले जथाभावी बोल्न छाड्नुपर्ने कुरामा माधव नेपाल पक्षका नेताहरुले विशेष जोड दिएको बैठकमा सहभागि एक नेताले बताए ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses