नयाँ प्रधानमन्त्री निर्वाचन प्रक्रिया : एमालेमा दुई धार

रातो घर, काठमाडौं–नयाँ प्रधानमन्त्री निर्वाचन प्रकृयालाई लिएर उत्पन्न विवादमा सत्तारुढ एमालेभित्र दुई धार देखिएको छ । प्रधानमन्त्री केपी ओलीबिरुद्धको अविश्वास प्रस्तावमाथि व्यवस्थापिका संसदमा शनीबार भएको छलफलमा एमाले नेता माधवकुमार नेपाल र बामदेव गौतमले सम्वैधानिक अडन देखाएर प्रधानमन्त्रीको निर्वाचन प्रकृयालाई लम्बाउन नहुने बताएपछि एमालेभित्रको दुई धार सतहमा आएको हो ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली पक्ष भने अविश्वासको प्रस्ताव पारित भएपनि मौजूदा व्यवस्था अनुसार नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढ्न नसक्ने तर्क गर्दै आएका छन । प्रधानमन्त्री ओली र उनी निकट रहेका नेताहरुले नयाँ प्रधानमन्त्री चयन गर्ने प्रकृया अघि बढाउनु पूर्व संविधानको संशोधन या बाधा अडाउ फुकाउने बाटोबाट अघि बढ्नुपर्नेमा जोड दिदै आएका छन् । जसलाई एमालेभित्रै बरिष्ठ नेता झलनाथ खनाल, नेपाल र गौतम पक्षले मन पराएका छैनन् ।

प्रधानमन्त्री निर्वाचन प्रकृयालाई प्राविधिक पक्ष देखाउदै अडाउँदा पार्टीको साख खस्कने भन्दै राजनीतिक निकासबाट समाधान खोज्नुपर्ने पक्षमा नेपाल पक्ष लागेको छ । कांग्रेस र एमालेले संविधानको धारा २९८ व्यवस्था अन्तर्गत नै नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढ्ने बताउँदै आएका छन् ।  उनीहरुले सभामुख ओनसरी घर्तीलाई अविश्वासको प्रस्ताव पारित हुनसाथ संविधानको धारा २९८ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम ४९ को व्यवस्था उल्लेख गरी सरकार निर्माणको प्रकृया अघि बढाउन राष्ट्रपतिकोमा पत्र पठाउनु पर्ने सुझाव दिईसकेका छन् ।

एमाले बरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल र गौतम  संविधानको कार्यन्वयनका लागि प्रमुख राजनीतिक दलहरुबीच तिक्तता बढाउन नहुने पक्षमा उभिएका छन । प्रधानमन्त्री निर्वाचनमा सम्वैधानिक अडन देखिएपनि राजनीतिक बाटोबाटै निकास खोज्नुपर्नेमा जोड उनीहरुको छ । संविधान संशोधन या बाधा अडाउ फुकाउको माध्यमबाट अघि बढा संविधान नै असफल हुने बाटोमा जान सक्ने भन्दै उनीहरुले राजनीतिक समझदारीकै आधारमा प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढाउनु पर्ने अनौपचारिक छलफल समेत पार्टीभित्र चलाएको एमालेका एक सांसदले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses