यसरी आयो एमालेकै नेताबाट नयाँ सरकार बनाउने प्रस्ताव
रातो घर, काठमाडौं, १४ असार । एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी कांग्रेस र मधेसी मोर्चासहितको राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रस्ताव गरेका छन् ।
युवा संघ नेपालद्वारा सोमबार आयोजित पुष्पलालको योगदान विषयक अन्तरक्रिया कार्यक्रममा नेपालले त्यस्तो आह्वान गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
कांग्रेसले लगातार संसद् अवरुद्ध गर्दा संविधान कार्यान्वयनदेखि स्थानीय तहको निर्वाचन तयारीसम्मका काम रोकिएको भन्दै नेपालले अबको २० महिनामा सबै काममा पहिले सहमति गरेर राष्ट्रिय सहमतिको अर्को सरकार गठन गर्नुपर्ने आवश्यकता औँल्याए ।
‘संविधान कार्यान्वयन गर्नुपर्ने वेला कांग्रेसको संसद् अवरोधले राम्रो सन्देश दिएको छैन, भूकम्पपीडितको आवास पुनर्निर्माण, कानुन पास गर्नेदेखि स्थानीय चुनावसम्मको तयारी रोकिएको छ’, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘म आग्रह गर्छु, सबै बेथिति अन्त्यका लागि बरु कांग्रेस र मधेसवादी दलसहितको राष्ट्रिय सहमतिको सरकार बनाऔँ ।’
उहाँले भन्नुभयो, ‘अब बन्ने सरकारले बाँकी २० महिने अवधिमा गर्नुपर्ने कामका सूची– एक–दुई तीन… के–के हुन् ? पहिले सहमति गरौं, एजेन्डामा सहमतिपछि प्रधानमन्त्री जो पनि बन्न सक्छ, कामलाई केन्द्रबिन्दुमा राखेर सहमति खोजौं ।
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses