गौरीले मेरो परिवारसँग माफी माग्नुपर्छ, नचाहिँदो आरोप लगाएर मेरो परिवारलाई आघात पुर्‍याएकोमा

रातो घर, २१ असार, अभिनेत्री गौरी मल्ललाई जापानमा ‘दुव्र्यवहार’ गरेको विषयमा आरोपी अनोज शाक्यले प्रष्टीकरण दिएका छन् । उनले गौरीसँग गाली आदान प्रदान भएको स्वीकार गरे । तर, आफूले यौनजन्य दुव्र्यवहार गरेको आरोप झूठो भएको शाक्यले बताए ।

गौरीले आफूमाथि शाक्यले महिलाजन्य यौनहिंसा तथा दुव्र्यवहार गरेको भन्दै जापानमा रहेको नेपाली दूतावास र एनआरएन जापानमा एक महिनाअघि उजुरी दिएकी थिइन् ।

यसबारेमा अनलाइनखबरले समाचार प्रकाशित गरेपछि दूतावासले हालै शाक्यलाई बोलाएर सोधपुछ गरेको छ । र, गौरीलाई गालीगलौज गरेको विषयमा शाक्यले क्षमायाचना गरेका छन् ।

अनलाइनखबरको सम्पर्कमा आएका शाक्यले अब माफी माग्नुपर्ने पालो गौरीको भएको बताए ।

‘मैले उहाँलाई गाली गरेकोमा माफी मागेँ,’ शाक्यले भने, ‘अब ममाथि नचाहिँदो आरोप लगाएर मेरो परिवारलाई आघात पुर्‍याएकोमा उहाँले माफी माग्नुपर्छ ।’

शाक्यका अनुसार एयरग्रिन नामक जापानी उत्पादनको नेपाली विज्ञापनमा अभिनय गर्न उनले गौरीलाई जापान डाकेका थिए । उनले भने, ‘उहाँले सिंहदरबार टेलिसिरियलबाट हासिल गर्नुभएको लोकपि्रयताका कारण मैले आफ्नो कम्पनीको विज्ञापनमा खेलाउने प्रस्ताव गरेको हुँ ।’

टिकट तथा अन्य खर्चका लागि ३ लाख रुपैयाँ उनले अगि्रमरुपमा गौरीलाई पठाएका थिए । तर, जापान आएपछि गौरीले पूर्वशर्तहरु पालना नगरेकाले विवाद बढेको उनको तर्क छ । ‘उहाँले विज्ञापनमा अभिनय गर्नुभयो, तर अरु जिम्मेवारीहरु पूरा गर्नुभएन,’ शाक्यले भने ।

शाक्यले गौरीसँग आफूले गरेको एउटा सम्झौताको प्रतिलिपि पनि अनलाइनखबरलाई उपलब्ध गराएका छन् । सो सम्झौतामा एशिया फ्रेन्डसिप एसोसिएसनको अध्यक्षका हैसियतमा अनोज र नेपाल ह्युमन डेभलपमेन्ट प्रालीको निर्देशकका हैसियतमा गौरीले हस्ताक्षर गरेका छन् ।
औद्योगिक प्रशिक्षार्थी कामदारका रुपमा जापानमा तालिम लिन जान इच्छुक नेपाली युवाहरुको परामर्शदाताका रुपमा गौरीलाई नियुक्त गरिएको सम्झौतामा उल्लेख छ ।

शाक्यले जापानमा १० दिन गौरी आफूसँगै बसेको बताए । उनले भने, ‘हामी दिदीभाइ जस्तो भएर बसेका थियौं । उहाँसँग लामो सहकार्य गर्ने सोचसहित मैले बोलाएको थिएँ । तर, उहाँले मैले भनेका ठाउँमा नजाने र मैले भनेको नमान्ने गरेपछि हप्काएको हुँ ।’

दुईजनाबीच भनाभन हुँदा दुबैले अपशब्द प्रयोग गरेको शाक्यको स्वीकारोक्ति छ । उनी भन्छन्, ‘उहाँले पनि मलाई ‘यु ब्लडीफुल… बास्टर्ड’ भनेर गाली गर्नुभयो, मैले पनि चलनचल्तीका नेपाली शब्दहरु प्रयोग गरेर गाली गरेँ ।’

गौरीसँग आफूले दुईपटक ‘हग’ गर्नेबाहेक अरुबेला ‘टच’ पनि नगरेको अनोजको भनाइ छ । गौरीले यौन दुव्र्यवहारको आरोप लगाउँदा आफू र आफ्नो परिवार प्रताडीत बनेको उनले बताए ।

‘मैले त्यस्तो केही गरेको भए उहाँ जापानको प्रहरीमा जान सक्नुहुन्थ्यो,’ शाक्यले भने, ‘जापानमा उहाँको केटासाथी पनि छ, उसले पनि मलाई बाँकी राख्ने थिएन ।’

शाक्यले आफ्नो कोठाबाट गौरीले भिडियो क्यामरा लिएर हिँडेको र नफर्काएको आरोपसमेत लगाए ।

को हुन् शाक्य ?

ललितपुरको बुङमतीमा घर भएका अनोज शाक्य करिब २५ वर्षदेखि जापानमा बस्दै आएका छन् । उनी नेपाली कामदारलाई जापानमा बोलाएर तालिम दिने कम्पनीमा म्यानेजमेन्ट कन्सल्टेन्टका रुपमा कार्यरत रहेको बताउँछन् । नेपालमा उनका श्रीमती र दुई छोराछोरी छन् ।
साभार: कुविक एनपी न्युज

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses